April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सुन–चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ किनबेच ?

साताको चौथो दिन बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको हो। त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

मंगलवार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बुधवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ । मंगलवार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Advertisement