April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तानसेनमा माघ २० गतेदेखि फुड फेस्टिवल आयोजना हुने

तानसेनमा माघ २० गतेदेखि फुड फेस्टिवल आयोजना हुने

पाल्पाको पर्यटकीय नगरी तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुने भएको छ । संयोजक प्रविता शाक्यले तानसेनको व्यापारमा केही राहत मिलोस् भन्ने उद्देश्यले फेष्टिबल आयोजना गर्न लागिएको हो ।

Advertisement

शाक्यले कोरोना महामारीपछि गति लिन थालेको पाल्पाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन फेस्टिवल आयोजना गरिएको बताए । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूह लगायत अन्य संघ संस्थाको पोशाक तथा कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताएका छन् ।

Advertisement

फेस्टिवलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिने आयोजकले जनाएको छ । फेस्टिवल स्थानीय कला, संस्कृति, भेसभूषाको जगेर्नामा केन्द्रित रहने बताइएको छ ।

फेस्टिवलमा विभिन्न जातजातिको खानाका परिकारको ७० स्टल राखिने तानसेन नगरपालिका –४ का अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिएका छन् । एक स्टलको १५ सय रुपियाँ शुल्क लाग्नेछ । सडक किनारमा पर्यटक बसेर परिकारमा रमाउने व्यवस्था गरिने आयोजकको भनाइ छ ।

फेस्टिवलमा ८ हजारसम्म दर्शक आउने र ३० लाख रुपियाँभन्दा बढीको कारोवार हुने आयोजकको अनुमान रहेको मखनटोल विकास संस्थाका सचिव ज्ञानु कार्कीले जानकारी दिनुभयो । मखन टोल विकास संस्था र तानपा –४ को आयोजना तथा तानसेन नगरपालिकाको सहयोगमा फेस्टिवल सम्पन्न गर्न तीन लाख रुपियाँभन्दा बढी खर्च लाग्ने कार्कीले जानकारी दिएका छन् ।