April 30, 2025, Wednesday
[nepali_today_date]

६० जना नेपाली युवालाई जापानमा रोजगारीको अवसर

६० जना नेपाली युवालाई जापानमा  रोजगारीको अवसर

फागुन २८, काठमाडौँ ।
नेपालमा बेरोजगार भई बसेका र जापानी भाषा, सिप उतिर्ण गरेका ६० जना नेपाली युवा जापानमा रोजगारीको लागि जान पाउने भएका छन् । जापानको सोसियल वेलफेयर कम्पनीले केयर गिभरमा जापान लैजान नियमानुसारको परीक्षा उत्तिर्ण गरेकालाई जापान लैजान लागेको हो ।
उक्त कम्पनीले ६० जना नेपाली केयर गिभर ल्याउन अनुमति मागेको नेपाली राजदुतावास जापानले पुष्टि गरेको छ । जापानी कामदारले पाउने समान सेवा सुविधा दिने गरी ६० जना केयर गिभर ल्याउन प्रस्ताव पेश गरेको र प्रमाणिकरणको प्रक्रियामा अघि बढाएको हो
नेपाल सरकारले आफनो जिम्मेबारी पुरा गर्न नसक्दा जापान रोजगारको विषय एक वर्ष देखी अन्योलमा रहेको थियो । यस्तो अवस्थामा जापानी कम्पनीले मागपत्र पेश गरेर नेपाली कामदार लैजान तयार रहँदा विभाग र जापान युनिटबाट सहयोग नपाए भाषा र सीप परीक्षा पास गरेर जापान जाने पर्खाइमा रहेका नेपालीहरुको सपना खेर जाने छ ।
देशमा बेरोजगारको संख्या बढदै जादा सोचेअनुरुप काम नपाउदा , विदेशमा आकर्षण कमाई हुने हुँदा नेपाली युवाहरुकोे पहिलो प्राथामिकता बैदेशिक रोजगार पर्ने गरेको छ । गत वर्षमात्र करिव १ लाख युवाले जापानी भाषा अध्ययन गरेका थिय । तर जापान रोजगार तत्काल अघि नबढ्दा भाषा अध्ययन गरिरहेकाहरुमा निरासा बढ्दै गएको छ ।
नेपालबाट केयर गिभरमा कामदार ल्याउने कम्पनीले जापान ल्याएपछि उनीहरु बस्नको लागि आवश्यक सेवा सुविधाको व्यवस्था कम्पनी आफैंले वा सहयोगी कम्पनीमार्फत गर्नेछन् । केयर गिभरको न्यूनतम आम्दानी १ लाख ८० हजार देखी ३ लाख जापानी येनसम्म हुने गरेको छ ।
नेपाली राजदुतावास जापानका अनुसार अन्य आधा दर्जन जापानी कम्पनीहरुले पनि नेपाली कामदार ल्याउन आवश्यक कागजात बुझाउन जानकारी लिईरहेका छन । जापानले सन् २०१९ मा नयाँ भिषा प्रणाली अन्र्तगत ७ देशबाट ३ लाख ४५ हजार कामदार ल्याउने घोषणा गरेको थियो ।

Advertisement