March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, सेयर पाउने भाग्यमानी ८ हजार ९५ जना

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, सेयर पाउने भाग्यमानी ८ हजार ९५ जना

बिपिडब्लु लघुवित्तको आइपीओ आज चैत ३ गते बाँडफाँट भएको छ । यसमा १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा २०७.१० गुणा बढी आवेदन परेको हो ।

Advertisement

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । बिपिडब्लुको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । जसमा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ ।

Advertisement

बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो । यसमा प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरिएको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । जसमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ चैत ३० गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ चैत २८ गतेसम्म बाहल रहनेछ ।