April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने कति ?

साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

Advertisement

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

आइतवार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमवार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँ कायम भएको छ । आइतवार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।