January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कतारमा दुई जनामा कोरोना संक्रमणः दुईहजार नेपाली कामदारलाई क्वारन्टाइनमा

कतारमा दुई जनामा कोरोना संक्रमणः दुईहजार नेपाली कामदारलाई क्वारन्टाइनमा

चैंत ०३, काठमाण्डौ ।
कतारमा दुई जना कामदारमा कोरोना संक्रमण देखिएपछि उच्च सर्तकता अपनाएको छ । कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन् ।
यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए । ‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन। कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement