April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

हुन्डाईले ल्यायो नयाँ वर्ष २०८० अफर, ५ लाख नगद छुट

हुन्डाईले ल्यायो नयाँ वर्ष २०८० अफर, ५ लाख नगद छुट

हुन्डाई नेपालले अब आउने नेपाली नयाँ वर्ष लक्षित हुन्डाईसँग नयाँ वर्ष २०८० अफर योजना सार्वजनिक गरेको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि लागु हुने गरि उक्त नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको हो।

Advertisement

कम्पनीले ल्याएको सो अफर योजनामा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन्। साथै गाडीको निर्माण वर्षको आधार २ लाखसम्मको छुट , नयाँ वर्ष बोनस ८० हजार सम्म र एक्सचेन्ज बोनस ८० हजारसम्म जस्ता आर्कषक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

हुण्डाईले गएको महिना मात्रै भेन्यू नीओएस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि गाडी खरिद गरि फाईदा लिन सक्नेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।