January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

डलरको भाउ फेरी बढयो, अन्यको पनि परिवर्तन

चैत ४, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको थियो । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मंगलबार युरो एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।

Advertisement