September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

घरजग्गा क्षेत्रमा ५ अर्ब १० करोड रुपैयाँ मात्रै कर्जा प्रवाह

घरजग्गा क्षेत्रमा ५ अर्ब १० करोड रुपैयाँ मात्रै कर्जा प्रवाह

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्र (रियल इस्टेट)मा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो । तर चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म घरजग्गा क्षेत्रमा ११ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

Advertisement

गत आर्थिक वर्ष सोही अवधिमा १५ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जसअन्तर्गत आवासीय घरजग्गामा ९ महिनामा २ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ प्रवाह भएको छ ।

Advertisement

गत आर्थिक वर्षको सो अवधिमा यस शीर्षकमा २ अर्ब ६ करोड ३ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (डेढ करोडसम्म) प्रवाह भएको छ ।

गत वर्ष सोही अवधिमा ४१ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्षको ९ महिनामा व्यापारिक कम्प्लेक्समा ३ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ ऋण लगानी भएको छ । गत वर्ष सोही अवधिमा यो शीर्षकमा ५ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

अन्य जग्गा खरिद र प्लटिङमा ९ महिनामा ७९ करोड २४ लाख कर्जा प्रवाह भएको छ । जग्गा खरिद र प्लटिङमा गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोड ५७ लाख ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट चैत महिनामा मात्रै घरजग्गा क्षेत्र (रियल इस्टेट)मा ६ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।