सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
- वाणिज्य न्युज
- २७ आश्विन २०७६
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।
विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।
सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
- बागमती प्रदेश सरकारको विकास खर्च कमजोर
- एक महिनामा चार अर्ब ९९ करोडको विदेशी लगानी स्वीकृत
- अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
- चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
- एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन
प्रतिकृया दिनुहोस्