April 18, 2025, Friday
[nepali_today_date]

जापानमा आँधीले २५ को मृत्यु

जापानमा आँधीले २५ को मृत्यु

टोकीयो । जापानको राजधानी टोकीयो लगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन्।

Advertisement

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो। ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, १४ हजार घरमा खानेपानीको अभाव भएको छ’, प्रमुख सचिव योशिहिदे सुगाले भने।

Advertisement

उद्धारकर्ताले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्ती डुबानमा परेका छन्। सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो। यो समाचार आजको अन्पूर्ण पोस्ट्मा प्रकाशित छ ।