कुलमानले पनि गर्न थाले धमाधम यस्ता सम्झौता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।
प्राधिकरणले शुक्रबार प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले कार्यसम्पादन सम्झौता गरेका गरेका छन्।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले सम्झौता गरेका हुन्। प्राधिकरणले आफ्ना सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने छ।
कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी यसको अंकभार ५० राखिएको छ। कार्यसम्पादनमा राखिएका सूचकको वस्तुनिष्ठ मूल्याकन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ। प्राधिकरणले चालु आव ०७६र७७ मा वितरणतर्फको विद्युत् चुहावट ८।५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
प्राधिकरणले गत आव ०७५र७६ मा वितरणतर्फको ११।२८ प्रतिशतको चुहावटलाई २।७८ प्रतिशत बिन्दुले घटाएर ८।५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो। प्रादेशिक कार्यालय विराटनगरअन्तर्गत वितरण केन्द्रलाई ११।८४ प्रतिशत रहेको विद्युत्चु हावटलाई ८।८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ।
प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मलकभर चालिएको अभियानलाई अझै शसक्त र प्रभावकारी बनाउन कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए। यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।
प्रतिकृया दिनुहोस्