April 30, 2025, Wednesday
[nepali_today_date]

लेकसाइडमा मध्यराति ‘टिनएज’बीच चल्छ तानातान

काठमाडौँ । रात्रिकालिन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइडमा कोलाहल मञ्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सवेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रहरीलाई निर्देशन दिएका छन् । लेकसाइडमा मध्यराति डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका छन् ।

राति १२ बजेसम्म खुल्ने डान्स र डिस्कोबाट बाहिरिएका ‘टिनएज’ले ठूलो आवाजमका साथ मोटरसाइकल चलाउने गरेका छन् ।

लेकसाइडमा आधा दर्जन हाराहारीमा डान्स र डिस्को छन् । ती डान्स र डिस्कोका अधिकांश ग्राहक १८ वर्ष हाराहारीका किशोर किशोरी हुन्छन् । मध्यरातपछि डान्स र डिस्कोबाट मात्तिएर निस्किएका ती किशोरकिशोरीबीच मूल सडकमै तानातान र कुटाकुट चल्छ । एकअर्काप्रति अश्लिल शब्द प्रयोग गर्छन्। यसले स्थानीय आजित भएका छन् भनेर यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

Advertisement