यसैलाई भन्छन् “चारआनाको मुर्गा, बाह्रआनाको मसला“
जाजरकोट । खुद्रा पसल दर्ता गरेर पाँच लाख रुपैयाँ पुँजीबाट व्यवसाय सुरु गरेकी भेरी नगरपालिका ४ की पशुपति शाहीको कमाई ठिकै छ । पसलबाट घर व्यवहार चल्छ ।
उनले भनिन्, ’व्यवसायमा सन्तुष्ट नै छु, तर कर र्तिन प्रदेश राजधानी सुर्खेत जानु पर्दा भने कष्ट नै छ । जिल्लमै कर तिर्ने व्यवस्था नहुँखा १२ सय कर तिर्न १० हजार खर्च गर्नुपर्छ ।’
स्थायी लेखा नम्बर (पान) लिन र कर तिर्न सुर्खेत जनुपर्ने भएपछि उनी जस्ता सानो व्यवसाय गरी गुजरा चलाउनेका लागि निकै सास्ती दिएको छ । यो क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकाले जिल्लका व्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्ने खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
प्रतिकृया दिनुहोस्