December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

एक सातामा राजस्व छलीविरद्ध ४९ करोडको मुद्दा

एक सातामा राजस्व छलीविरद्ध ४९ करोडको मुद्दा

काठमाडौं । राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले आधा अर्ब रूपैयाँको बिगो दाबी गरेर मुद्दा दायर गरेको छ। यो
साता २४ जना विरुद्ध ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ।

Advertisement

विभागका अनुसार सुन चोरी, विभिन्न मालवस्तु चोरी पैठारी गरी राजस्व चुहावट र विदेशी विनिमय अपलचन आरोपमा जिल्ला
अदालत, काठमाडौंमा मुद्दा दायर गरिइएको हो। राजस्व छलीका घटना बढेकाले अनुसन्धान गरी ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएको विभागका उपमहानिर्देशक ध्रुब घिमिरेले बताए। ुविभिन्न मुद्दामा अनुसन्धान भइरहको छ,ु उनले भने, ुअनुसन्धान टुंगिएका केसलाई मुद्दा दायर गरेका छौं ।ु

Advertisement

राजस्व चुहावट ऐनको दफा २३ को उपदफा २ अनुसार सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो। भन्सार छलेर सुन चोरी पैठारी गर्ने रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका पेम्बा ढिण्डुप तामाङ, न्यून बिजकीकरण गरी राजस्व छल्ने राजेशकुमार अग्रवाल लगायत चारजनाविरुद्ध एक करोड ७५ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको छ।

काठमाडौंको नागढुंगाबाट पक्राउ परेका तामाङले चोरी गरी ल्याएको एक किलो सुन पनि बरामद गरेको थियो। ५५ लाख ७३ हजार रूपैयाँको सुन र सुनको मूल्य बराबर बिगो दाबी गरेको छ । त्यसैगरी, न्यून मूल्य कामय गरेर राजस्व छल्ने भाइटल हेल्थ केयर प्रालिका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलविरुद्ध एक करोड १९ लाख रुपैयाँ बिगो दाबी गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।