January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

पत्याउनुहुन्छ ? यी मुलुकमा पनि पढ्न जान्छन् नेपाली

पत्याउनुहुन्छ ? यी मुलुकमा पनि पढ्न जान्छन् नेपाली

के तपाईले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ? नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, यो मुलुकमा पढ्न जान भनी २०७५र०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन्।

Advertisement

एन्टिग्यु बारबुडा मात्र होइन, नामै नसुनिएका यस्ता धेरै मुलुकमा अध्ययन गर्न जाने भन्दै नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको देखिन्छ। शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाको अभिलेखलाई आधार मान्दा आर्थिक वर्ष २०७५र७६ मा अध्ययनका लागि सेन्ट भिन्सेन्ट जान चार, स्वाजिल्यान्ड जान तीन, केन्या, तान्जानिया, ब्रुनाई, कोस्टारिका र स्लोभानिया जान एकरएक नेपालीले नो अब्जेक्सन लेटर लिएको पाइन्छ।

Advertisement

चालू आव २०७६र७७ मा पनि सेन्ट भिन्सेन्ट र बुल्गेरियामा दुई, कोस्टारिका, कीर्गिस्तान र अजरबैजानमा एकरएक नेपाली विद्यार्थीका रूपमा गएका छन्। ६ वर्षअघि पूर्वी अफ्रिकाको सेसल्स नामक मुलुकमा अध्ययनका लागि एकजनाले एनओसी लिएको तथ्यांक छ। त्यसो त तान्जानिया, ब्रुनाई, आइसल्यान्ड, रोमानिया, वहमास, गुयाना, आर्मे्निया, सेन्ट लुइसा, क्याम्यान आइल्यान्ड, बोस्निया हर्जगोभिना, मल्दोभा, मौरिसस, पेरुजस्ता मुलुकमा पनि नेपाली पढ्न भनी जाने गरेका छन्।

त्यति मात्र होइन, साउदी अरेबिया, इरानलगायत देशमा पनि अध्ययनका लागि नेपाली विद्यार्थी गएको शिक्षा मन्त्रालयको अभिलेखले देखाउँछ। धेरै वर्ष पढाइ छुटेका विद्यार्थीलाई समेत भर्ना लिने, भिसाका लागि अन्तर्वार्ता दिनुनपर्ने, शतप्रतिशत रूपमा भिसा लाग्ने ग्यारेन्टी’ भएकाले पनि इस्टोनिया, साइप्रस, मौरिसस, लिथुनिया, माल्टा, लाटभियाजस्ता देशमा नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै जाने गरेको पाइन्छ। यस्ता मुलुकमा जाने क्रम पछिल्ला वर्षमा ह्वात्तै बढेको छ।

२०७० सालमा नौजना मात्रै गएको साइप्रसमा २०७५र०७६ मा २ हजार ३ सय २ जना र २०७६ को साउन महिनामा मात्रै ४ सय ४९ जना अध्ययनका लागि गएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।