एसबिआई बैंकद्वारा कोरोना नियन्त्रण कोषमा १ करोड सहयोग
बैशाख ७, २०७७ काठमाडौं :
विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि कोरोना भाइरस नियन्त्रण उपचार कोषमा एसबिआई बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सबैलाई पाँच/पाँच लाख सहयोग गरेको एसबिआई बैंकले जनाएको छ।
यस कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रीय सरकारलाई पचास लाख सहयोग गर्ने भएको छ। १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गर्ने पनि बैंकले जानकरी दिएको छ।