विराटनगर भन्सारले उठायो करिब ५७ करोड रुपैयाँ राजस्व
बैंशाख १२, विराटनगर –
लकडाउन सुरु भएयताको एक महिनाको अवधिमा विराटनगर भन्सारबाट करिब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भन्सारले सामान्य अवस्थामा दैनिक सरदर १५ करोड रुपैयाँ राजस्व असुली गर्दै आएकोमा यो घटेर मासिक ५७ करोड भएको हो ।
लकडाउनको समयमा पनि भारतबाट खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ र एलपी ग्यास आयात र झण्डै २५ करोड रुपैयाँ बराबरका वस्तु निकासी हुँदा ५६ करोड ८१ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार कार्यालयले जनाएको छ ।