चीनले कोरोना रोक्न विश्व स्वस्थ्य संगठनलाई ३ करोड डलर बराबरको सहयोग गर्ने

बैंशाख १२, (एजेन्सी)
विकासशील राष्ट्रमा तिव्रगतिमा फैलिएको कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि भन्दै चीनले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई ३ करोड डलर बराबरको रकम सहयोग गरेको हो । अमेरिकाले आर्थिक सहयोग रोकेको भोलिपल्ट चीनले सो बराबरको आर्थिक सहयोग गरेको छ ।

यस अघि गत मार्चमा २ करोड डलर चीनले डब्लुएचओलाई प्रदान गरेको थियो । चीनका विदेश मन्त्रीका प्रवक्ता हुव चुनइङले ट्वीट गर्दै विकासशील मुलुकमा स्वास्थ्य सेवा क्षेत्रलाई मजबुत बनाउन सो सहयोग गरिएको उल्लेख गर्नुभएको हो । यस्तै, कोरोना भाइरसको नयाँ संक्रमित करिव शुन्यमा झरेपछि चीनले आर्थिक गतिविधि चलाएमान बनाउने भएको छ ।