को हुन् राष्ट्र बैंकका नयाँ गभर्नर महाप्रसाद अधिकारी ?
२४ चैत काठमाडौं ।
सरकारले महाप्रसाद अधिकारीलाई ५ वर्षे कार्यकालको लागि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी राष्ट्र बैंकको जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष काम गर्न राट्र बैंक पुग्न सफल भएका छन्
अर्थमन्त्री डा. युवराज खतिवडाको गभर्नर सिफारिस समितिले सम्भावित गभर्नरका लागि हाल राष्ट्र बैंकका कायमुकाय गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेको थियो ।
समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नु पर्छ। त्यसै अनुसार महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएका हुन्।
को हुन् नयाँ गभर्नर महाप्रसाद अधिकारी ?
३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव सँगालेका महाप्रसाद अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।
अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।
अधिकारी यसअघिको गभर्नर नियुक्त हुँदा पनि गभर्नरको सिफारिसमा परेका थिए । अहिले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका अधिकारी अर्थमन्त्री डा. खतिवडा गभर्नर हुँदा उनी कार्यकारी निर्देशक भएर काम गरेका थिए ।
उनी चार्टर एकाउन्टेन हुन् । उनी यस अघिको गभर्नरको दौडमा पनि सिफारीसमा परेका थिए । महाप्रसाद अधिकारी अर्थमन्त्री युवराज खतिवडाका दाहीने हात मानिन्छन् । उनलाई अर्थमन्त्रीले गभर्नर बनाएका हुन् ।
अधिकारीले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेका छन्।