कतार एयरवेजको चार्टर विमानद्धारा अमेरिकाले लग्यो आफ्ना ३ सय ३ नागरिक
काठमाडौं, २३ चैत ।
काठमाडौंमा रहेका अमेरिकी र ग्रिनकार्डवाहक नेपालीसहित ३ सय ३ जनालाई लिएर कतार एयरवेजको चार्टर विमान वासिङ्टनका गएको छ ।
नेपालमा समस्यामा परेका नागरिकलाई नेपालस्थित अमेरिकी दूताबासले स्वदेश लगेको हो । कतारको दोहा हुँदै सो विमान वासिङ्टन पुग्ने छ ।
यसअघि गत मंगलबार अमेरिकाले नेपालमा रहेका ३ सय २ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको थियो ।
भ्रमण लगायत विभिन्न उद्देश्यले नेपाल आएका उनीहरुलाई कतार एयरवेजमार्फत फिर्ता लगिएको हो ।
दूतावासले आफ्ना नागरिक फिर्ता गर्न नेपाल सरकार, पर्यटन बोर्डलगायत सातै प्रदेशका स्थानीय तहसँग समन्वय गरेको थियो ।