मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

बैशाख १०, काठमाण्डौ

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय तुल्सीपुरले, तुल्सीपुर  उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।  उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोजकुमार लामिछानेले नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका बैंकले जनाएको छ । 

बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकले जनाएको छ ।