विश्वकपमा छनोट हुन सफल महिला क्रिकेट टोलीले १० लाख पाउने
विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यु–१९ महिला टोलीका सदस्यहरूले १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रूपमा उक्त रकम दिने भएको हो ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरूप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरूले संयुक्त रूपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो ।
त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।
नेपालले बुधबार भएको खेलमा युएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।