सुडान गएका प्रमुख सेनानी विष्टको राष्ट्रसंघको शान्ति मिसनमै निधन
चैंत १७, काठमाडौं ।
संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको निधन भएको छ । विष्टको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला हृदयघातका कारण निधन भएको हो।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको पुष्टि नेपाली सेनाले गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको जनाएको छ ।
विष्ट ९ महिनाअघि सुडान मिसन मुख्यालयमा विष्ट ‘स्टाफ अफिसर’का रूपमा खटिएका थिए ।
सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन्। उनका एक छोरा र एक छोरी छन्।
विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ।