बेलायतले तीन साताका लागि ‘लकडाउन’ थप गर्ने

बेलायतले तीन साताका लागि ‘लकडाउन’ थप गर्ने

बैशाख ०५, एजेन्सी ।
बेलायत सरकराले कोरोनाभाइरस फैलनबाट रोक्नको लागि थप तीन हप्ता लकडाउन बढाउने घोषणा गरेको छ । विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउनुको अर्को विकल्प नभएको बताउका छन् ।


बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ । डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।

बेलायतमा प्रधानमन्त्री जोनसन कोरोना प्रभावित भएर उपचाररत रहँदा विदेश मन्त्रीले सत्ताको बागडोर सम्मालेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।