मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका जहाज नेपाल आइपुगे
बैशाख ०५, काठमाण्डौ –
चीनको ग्वान्झाउबाट औषधि र मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हिजो ग्वान्झाउ उडेका विमान आज बिहान नेपाल आईपुगेका हुन् ।
चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७.६ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन् । फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले कार्गो उडान चार्टर गरेका थिए । दुबै उडानमा आएका सामग्री गैरसरकारी क्षेत्रबाट अर्डर भएर आएका हुन् ।
फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको उडानबाट आज १७.७ टन मेडिकल सामग्री नेपाल आइपुगेको छ । उक्त कम्पनीको चार्टर्ड उडानमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए), दूतावास, अन्तराष्ट्रिय गैरसकरारी संस्था तथा गैरसरकारी संस्थाहरू र व्यवसायीको सामग्री आएको फ्ल्यास फ्रेटले जनाएको छ ।
उता सांग्रिला फ्रेटले चार्टर्ड गरेको उडानमा भने जम्मा ९.९ टनमात्र सामग्री आएको छ। सांग्रिलाको चार्टर्ड उडानमा मेडिकल आपूर्ति संघमा आवद्ध व्यवसायी, अस्पतालको सामग्री आएको छ ।