फिल्मी शैलीमा सिराहबाट निगमको ट्याङ्ककर अपहरणमा

०३ मंसिर, २०७६
काठमाडौं– हामीले हिन्दी फिल्ममा अपहरणका थुप्रै घटना देखेका थियो । डकैत देखि फिल्मका हिरोले समेत रोमान्टिक शैलमिा सुन बेकेको टे«न देखि गाडी नै लुटेका दृश्य देखेका छौ । त्यस्तै फिल्मी शैली सिरहाबाट नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्ककर अपहरण गरिएको छ । यस्तो घटना आइतबार मध्य रातीको हो । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाको लहानबाट अपहरणकारीले कब्जा राती बाह्र बजे नियन्त्रणमा लिई ट्याङ्कर नै अपहरण गरेको नेपाल आयल निगम स्रोतले बताएको छ ।
नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर दुई दर्जन गति अपहरणकारीले कब्जामा लिएका बेपत्ता बनाएका हुन् ।
हाल ट्याङ्कर कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन् । आइतवार रातिको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर अपहरणकारीले सवारी नै कब्जामा लिएका हुन् ।
रोकी राखेको गाडीलाई अपहरणकारीले ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंंगलमा लगेर छाडेका थिए । यि दुबै निगमको सम्पर्कमा आएपनि सवारी अझे पनि अपहरण कारिको कब्जामा नै रहेको निगम स्रोतले बताएको छ । पेट्रोल ट्याङ्कर अपहरणमा परेपछि निगमले इ.ं अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरी सात दिन भित्र सत्यबाहिर ल्याउने छनविन समिति गठन गरेको छ ।