आन्दोलन चर्किएसँगै काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु
चैत ४, काठमाडौं । आन्दोलन चर्किपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती आसपासको क्षेत्रमा कर्फ्यु जारी गरेको छ । टिपरले आमा-छोरीको ज्यान लिएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।
प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस, र २ राउण्ड हवाई फायर गरेको छ । प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका सई, हवल्दार र जवान गरी ३ जना घाईते भएका छन् । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषी चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शनकारीले हिजो साझ प्रहरीको पोष्टमा आगजनी गरेका थिए । त्यसक्रममा गोलीसमेत चलेकाे थियाे । तर गाेली कसले चलायाे भन्नेबारे खुलेकाे छैन ।