देशभर १२० जना कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा
चैत २२, काठमाण्डौ ।
देशभर कोरोना भाइसरको (कोभिड–१९) संक्रमण भएको आशंकमा १२० जनालाई आइसोलेसमा राखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँ उपत्यकामा १५ तथा उपत्यकाबाहिर १०५ व्यक्तिलाई आइसोलेसनमा राखिएको छ ।
देवकोटाका अनुसार दैनिक रुपमा सय जना भन्दा बढी संक्रमणको आशंका गरिएको विरामीको परीक्षण भइरहेको छ ।
त्यस्तै हालसम्म एक हजार २ दुई सय ७७ जना व्यक्तिको नमुना परीक्षण सकिएको छ । जसमा ५ जनामा संक्रमण भएको पुष्टी मन्त्रालयले गरेको छ ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म उपत्यकाबाहिर धरानमा ३९, पोखरामा १९, सुर्खेेतमा सात, हेटाँैडामा पाँच, जनकपुरमा पाँच र धनगढीमा चार जनाको नमुना परीक्षण सम्पन्न भइसकेको छ ।
दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा अन्य सङ्क्रमितको उपत्यकाबाहिर उपचार भइरहेको छ ।
सङ्क्रमित पाँचमध्ये दुई जना काठमाडौँ, दुई जना बागलुङ र एक जना धनगढीमा उपचाररत छन् । यसैबीच प्रभावित देशबाट आएर खरिपाटी क्वारेन्टाइनमा राखिएका ९६ जनाको स्वाब सङ्कलन गरिएको छ ।