के कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको थियो ? यसो भन्छ डब्ल्यूएचओ

बैशाख १०, काठमााडौं ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वलाई नछोएको कुनैपनि स्थान छैन् । विश्व नै संक्रमण गर्न सक्ने यस्तो भाइरस कुन स्थानमा बनेको भन्ने विभिन्न चर्चा चलेका छन् ।


जर्मन, अमेरिका लगायतका केही देशले यो चीनको कुनै प्रयोगशालाबाट बाहिर ल्याईएको दाबी गरेको छ । जर्मनले त यो चीनको कुनैपनि प्रयोगशालाबाट बनाएर पठाएकोले विश्वले पाएको क्षतिपूर्ती चीनले बेहोर्नु पर्नेसम्मको कुरा बाहिर आएको छ । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।


विश्वमा धेरैले प्रयोगशालाबाट कोरोना भाइरस वाहिरिएको भन्ने चर्चा भएको समय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भने कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको दाबी गरेपनि हालसम्म पनि कसरी मानिसमा स¥यो त्यो भन्न सकेको छैन् ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।