लकडाउनबारे बोले प्रधानमन्त्री ओली
०१ बैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताएका हुन् ।
कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको बताउदै लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उनले बताएका छन् ।
नेपालमा अहिलेसम्म १३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा एक जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् भने बाँकी १२ जनाकाे उपचार भइरहेकाे छ ।