कोरोना लाग्दैमा मृत्यु भैहाल्ने होइन, उचित उपचार नपाउँदा हुनेरहेछ
महेश शर्मा
कोरोना प्रकृतिमाथि मानवले बर्षाैदेखि गरिरहेको दमन र मानव सभ्यतामाथि थोपरेको कुरुप संस्कृतिको उपज मानिदै आएको छ । बजारमा यसलाई युद्धको नयाँ शैली पनि भन्ने गरेका छन् । आखिर के हो त कोरोना ? किन आज कोरोनालाई तेस्रो विश्व युद्ध भनिदैछ ? नेपाल, श्रीलंका, भियतनाम, अफ्रिकन देशहरु लगायत आर्थिकरुपले बिपन्न र कमजोर देशहरुलाई कोरोनाले खास किन प्रभाब पारिरहेको छैन ? यो फगत संयोग मात्रै हो त ? या युद्धको परिणाम नै हो ? नत्र किन चीनपछी अमेरिका, बेलायत, इटली, जर्मनी, स्पेन लगायत सम्पन्न र शक्तिशाली राष्ट्र सबैभन्दा बढी कोरोना अगाडि घुँडा टेक्न बाध्य भए ? मैं हुँ भन्ने देशहरुमा मात्रै यस्को प्रभाब किन बढी प¥यो ?
कोरोना मानबनिर्मित भाइरस हो या होइन ? त्यस्को ठोकुवा गरेर भन्न आजको आधुनिक मेडिकल साइन्स नै अक्षम भएको छ । कोरोना फगत कृत्रिम हाउगुजी र औषधि कर्पोरेटहरुको व्यापार रणनीति पनि नहोला भन्न सकिदैन । जे होस् कोरोना साँच्चै मानव सभ्यतामाथि नै आइलागेको महाबिपत्ती हो । विश्वका प्रत्येक मानब कोरोनाको डरले आक्रन्त छन् । मैैंले चाहे भने विश्व नै ध्वस्त बनाई दिन्छु ? भन्दै धम्की दिने नामचलेका शासकहरु आज दैलो थुनेर गुप्तबास बस्न बाध्य भएका छन् । सम्पत्तिले संसार खरीद गर्न सक्छु भन्नेहरु सडकमा पैसा फालेर लुकेका छन् । म सित यती शाक्ति छ भन्नेहरु आज एक्ला–एक्लै भौतारिरहेका छन् ।
आज कोरोना कहाँ छ ? कताबाट आउँछ ? कस्तो छ, अनी के गर्छ ? कसैलाई थाहा छैन् । सबै म भए स्थानमा आउँछ । मलाई मार्छ भन्ने त्रासै त्रासमा बाँचिरहेका छन् । शासकहरु लकडाउनको नाममा आफ्ना जनतालाई थुनेर राख्न थालेका छन् । लकडाउनको कारण एक स्थानबाट अर्को स्थानमा जाने अनुमति आज सर्बसाधारणलाई छैन् । आकाशमा उडेन ठूला ठूला हवाईसेवा कम्पनीले आफ्ना खर्बो पर्ने हवईजहाज ग्राउण्डेट गर्न विवस छन् । समुन्द्रमा चल्ने पानिजहाज आज किनारामा थन्कियाएका छन् । सात समुन्द्र पारी कमाउँन गएको छोरो उत्तै छ । यदी कोरोना सक्रमणबाट भबितब्य भएमा उस्लाई छुने अधिकार कसैको छैन् । अगाडि कोही कोरोना संक्रमणले लड्यो उस्लाई उठाउँने अधिकार कसैलाई छैन् । यदी उठाउँछ भने ज्यान हत्केलामा राख्नुको अर्को बिकल्प छैन् ।
हो कोरोनाले गर्दा आज पृथ्बी स्तब्ध भयो । आकाशमा उड्ने प्लेन बन्द भए । रकेट उडाउनेहरु सुरक्षित स्थान खोजेर लुक्न बाध्य भए । सम्पत्तिको घमण्ड गर्नेहरु संसारिक मोह त्यागेको घोषणा गर्न थाले । आखिर यो कोरोना कस्तो छ ? यस्ले कसरी प्रभाव पार्छ ? यसबाट छुटकारा पाउँने मुक्तिमार्ग के हो ? त्यस्को खोजी गर्दै जाँदा यो एक सामान्य प्रकृया मात्र हो । यस्को लागि यस्का सामान्य कुराहरुमा ध्यान दिनु जरुरी छ । यस्को उत्पति, फैलने बाटो, निस्तेज हुने माध्यम खोजी गर्नु प्रमुख कार्य हो । यस्का सामान्य प्रकृया पहिला हेरौं ।
कोरोना कोभिड–१९ के हो ?
यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटिन अणु (डीएनए) हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ । जुन नाक वा मुख म्यूकोसाको कोषहरु द्वारा घेरिएको हुन्छ । त्यही भएर यस्ले आनुवंशिक कोड परिवर्तन गर्दे प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ, अर्थात् गाउँले भाषामा भन्दा नयाँ सन्तन जन्माउँछ । यसलाई मार्न सकिदैन् तर यो भाइरस धेरै कमजोर हुन्छ परिमाण आफै ढिलो चाडो नष्ट (क्षय) हुन्छ ।
कोरोना कहाँबाट आएको हो ?
बोलीचालीको भाषामा ‘२०१९ नोवल कोरोना भाइरस’ भनिने तर आधिकारिक रूपमा ‘सार्स–कोरोना भाइरस–२’ नामक भाइरसले गराउने यो कोभिड–१९ रोगको प्रकोप चीनको उहान सहरस्थित सामुद्रिक खाद्य वस्तु तथा जंगली जनवारको मासु बेच्ने बजारबाट सुरु भएको विश्वास गरिए पनि त्यो भाइरस कसरी, कहिले र कुन जनवारबाट मानिसमा स¥यो भन्ने विषयमा चाहिँ अनुसन्धान जारी नै छ ।
यो नयाँ प्रजातिको भइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । मानव र पशुमा संक्रमण गर्न सक्ने यो भाइरस आफैमा कौतुहलपूर्ण छ । जनावरबाट सरेको भनिएको भाइरस आफैमा सर्ने एक रहस्यमयी बस्तु हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक सातांै प्रजातिको नयाँ कोरोना भाइरस फैलिएको हो । कोरोना भाइरस रुघा खोकी गराउने सामान्य भाइरस हो जुन बीच बिचमा आनुवांशिक गुण परिवर्तन गर्ने गर्छ ।

कसरी थाहा पाइन्छ संक्रमण ?
मौसम परिवर्तनको समय हो यो । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । शुरुमा रुघाखोकी जस्तै भएपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
भाइरस कसरी फैलिन्छ र सर्छ ?
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । सामान्यतया संक्रमित व्याक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ । त्यसगरी संक्रमित व्याक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ । कोरोना भाइरसहरूको ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण गर्छ । इन्फ्लुएन्जा जस्तै, यो कोरोना भाइरस दुवै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ । प्रत्यक्ष सम्पर्कः जस्तै नजिकको सम्पर्कको माध्यमबाट साथी र परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण, चुम्बन, ¥याल आदिका माध्यमबाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाहिँ सङ्क्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा, सङ्क्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा सर्ने गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा पनि रहेको छ । कोभिड–१९ को विशेष गुण एक अर्कामा परिपक्क भएपनि यो सर्न सक्छ । विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ । वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको सङ््क्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभए पनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् । प्रयोगशालामा बनाएर छाडिएको हल्ला साँचो हो ?
कारोना भाइरस कुनै वैज्ञानिकले बनाएर छाडेको अथवा वैज्ञानिक प्रयोगशालाबाट बाहिरिएको भन्नेजस्ता धेरै तथ्यहीन समाचारको ओइरो पनि लागे । तर भर्खरै प्रसिद्ध जर्नल ‘नेचर मेडिसिन’मा प्रकाशित अध्ययन अनुसार ‘सार्स–कोरोना भाइरस–२’ कुनै पनि वैज्ञानिक प्रयोगशालामा बनाइएको नभई प्राकृतिक विकासक्रम (नेचरल इभोलुसन) का कारण उत्पन्न भएको हो भन्ने छ । अन्य कुरा भविष्यले बताउँला ?

हल्ला के अफवाह युद्धको हतियार हो ?
समाजमा कोरोना लाग्यो भने मान्छे बाँच्दैन भने जसरी हल्ला फैलाउँनु यो अफवाह युद्ध नै हो । हालसम्म विश्वमा कोरोनाको संक्रमण ९ लाख ३८ हजार मानिसमा देखिएको छ । यसबाट हालसम्म ४७ हजार दुई समयको मृत्यु भएको छ । त्यस्मा पनि १ लाख ९६ हजार सय निको भएका छन् । यसको अर्थ यो विश्वमा सजिलै फैल सक्ने रोग हो । यस्को प्रभाव सबै स्थानमा छ । तर यो रोग लाग्दैमा मानिसको मृत्यु हुँदैन्, उपचार पाएमा निको हुन्छ । यसबाट ४४ हजार दुई सयको मृत्यु भएको छ । अर्थात पुगनपुग ५ प्रतिशत मात्र हो । जुन नियमित रोगबाट मर्नेको संख्या भन्दा केही बढी हो ।
हामीले के बुझनु प¥यो भने यस्ले दीर्घरोगीलाई समय भन्दा छिटो लग्यो । यसो भनिरहँदा यसको अर्थ फेरी संक्रमितको मृत्यु नहुँने होइन, तर त्यो उपचार पद्धति नमिल्दा हुने हो । फेरी हामीले अधिकांस बृद्ध दीर्घरोगीको मृत्यु भएको सुनेका छौं । हामी जसरी कोरोनासित डराएको छौ त्यसरी नै बस्नु हितकार हो । यसको सहारा लिएर नेपाल लगायत विभिन्न मुलुकका सरकारले जनताको दिनचर्यामा नियन्त्रण गर्ने मौका पाएका छन् । यसबाट डर फैलन दिनुमा शासकको हितमा पक्कै छ, तर जसरी हामी डराएका छांैं त्यसरीनै बस्नु झन् घातक छ । कोरोनाको संक्रमण भएमा हामीले भित्रै देखि यो भाइरससित लड्ने र जित्ने प्रण गर्नुपर्छ ।
भाइरस सरेको कति समयमा यस्को लक्षण देखिन्छ ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कोभिड–१९ को ‘इन्क्युबेसन पिरियड’ अर्थात् भाइरस संक्रमण र रोगको लक्षण देखापर्ने बीचको समय सामान्यतः १–१४ दिनसम्म रहेको पाइएको छ । जसमध्ये धेरैजसोमा ५ दिन आसपासमा लक्षण देखापर्छन् । केही व्यक्तिमा भने २८ दिनसम्म पनि भाइरस पाइएको तर कुनै लक्षण भने नदेखिएको अवस्था छ ।

कस्ता उमेरकालाई भाइरसले बढी सताउँछ ?
विश्व स्वास्थ्य संगठनको भनाइअनुसार सबै उमेर समूहका मानिसमा कोभिड–१९ लाग्ने सम्भावना उत्तिकै रहन्छ । यस भाइरसले कुनै जाति, वर्ग र लिंग भन्दैन। तर वृद्धवृद्धा र मुटु, फोक्सोका समस्या भएका (कुनै पनि उमेर समूहका) मानिसमा भने कोभिड–१९ को जोखिम उच्च छ । उत्तिकै जोखिम कुनै पनि उमेरका मधुमेह भएका मानिसलाई पनि छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस, जस्तैः क्यान्सरका बिरामी पनि यसको गम्भीर जोखिममा देखिन्छ । सामान्यतः ७० वर्षभन्दा बढी उमेर भएका र गम्भीर स्वास्थ्य समस्या भएका मानिसमा कोभिड–१९ को मृत्युदर बढी देखिएको छ । हालसम्मको तथ्यांक हेर्दा एक÷दुई अपवाद बाहेक स्वस्थ बालबालिकामा भने कोभिड–१९ बाट हुने मृत्युदर शून्य छ ।
यो कहाँ कती समय बाँच्छ ?
भाइरस स साना प्वाल भएको सतहमा टासिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निष्क्रिय हुन्छ । कारण यसै बीचमा विभाजित हुन्छ, किनकि तामा स्वाभाविकरुपले एंिटसेप्टिक हो । यो भाइरस काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओसिलोपन हटाउँछ । २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भई हाल्छ । तर तपाईले हाच्छिउ गर्नु भयो भने यो हावामा तैरिन्छ र ३ घण्टासम्म हावामा फैलिदै अर्कोमा सर्छ । त्यही भएर माक्स लगाएर वा कुईनोमा नाक राखेर हाच्छिँउ गर्नुहोस् भनेको हो । अर्को बाहिरबाट आएर तपाईले लगाएको लुगालाई नझड्कारर्नु भनेको हो ।
अर्को कुरा यो भाइरस ‘कम्युनिटी स्प्रिड’ (कुनै क्षेत्रमा मानिस संक्रमित हुने तर कसरी र कहाँबाट संक्रमित भए भन्ने थाहा नहुने) पनि हुन सक्ने तथ्य देखिसकिएको छ । स्मरणीय कुरा के छ भने यो भाइरस बिलकुलै नयाँ भएकाले यसको सर्ने तरिकाबारे भविष्यमा अझ धेरै कुरा प्रस्ट हुँदै जाला ।
किन चिसोमा धेरै बाँच्छ या युरोपमा किन फैलिदै छ ?
भाइरसका अणु बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन् । तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । त्यही भएर यो विशेषगरी यतिखेर युरोपेली देशमा धेरै फैलिएको हो । त्यहाँ फैलिनुका कारण चिसोमा राखेको खानेकुरा बढी प्रयोग गर्नु हो । कोरोना फ्रिजमा पसेमा झडै २८ दिन सम्म बाँच्न सक्छ । युरोपेलियनहरु बजारबाट खाना किनेर ल्याउँछन् । फ्रिजमा राखेर हप्तै पछि खान्छन् त्यही भएर पनि युरोपमा बढी कोभिड–१९ फैलिएको मानिन्छ । वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय गर्न सकिन्छ ।
कोरोनालाई शरीरभित्र छिर्न किन दैंलो चाहिन्छ ?
यो भाइरस स्वस्थ छाला मार्फत शरीरभित्र जान सक्दै सक्दैन । यस्मा भिनेगर पनि उपयोगी हुँदैन । किनकि यसले बासो (फ्याट) को सुरक्षात्मक तह भंग वा तोड्न सक्र्दैन । अव हामी नेपाली भाषामानै भनै यो भाइरस आँखा, नाक, मुख जस्ता शरीर भित्र छिर्ने दैंलो मार्फत् मात्र शरीरमा पस्छ । शरीरभित्र प्रबेश गरेपनि पेटमा पुगे यो भाइरस पेटको एसिडले विच्छेद (मर्छ) हुन्छ ।
के रक्सीले मर्छ (बिच्देछ) कोभिड–१९ ?
यस भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ । यो नेपाली रक्सीमा कमै मात्र पाइन्छ । कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोडकाले काम गर्दैन । सबैभन्दा कडा भोडकामा ४० प्रतिशत अल्कोहल हुन्छ । यदी अल्कोहल बढाउँदा भाइरत त विच्छेद हुन्छ त्यो भन्दा पहिला हाम्रो ज्यान समेत जान सक्छ । तर लिस्टरिन रसायनले काम गर्न सक्छ यदि यसमा ६५ प्रतिशत अल्कोहल हुनुपर्छ । अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बोसो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ ।

साँधुरा ठाउँमा बढी बाँच्छ ?
ठाउँ जति बढी सिमित वा साँघुरो गरियो छ, यो भाइरस त्यतीनै बढी समय रहँन सक्छ । जति खुला वा स्वाभाविक हावामा हामी रहन्छौ त्यती यसको फैलन सक्ने सम्भावना कम हुन्छ । साथै अणुहरू सुक्ष्म भित्रि ठाउँहरु लगायत चरहरुमा बढी रहन सक्दछन् । हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नु पर्दछ । पटक पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु काटी राख्ने र सानो भन्दा सानो राख्नु राम्रो हुन्छ ।
अल्ट्रा भ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटिनलाई बिच्छेद गर्दछ । उदाहरणको लागि मास्कलाई किटाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ, तर यो खाली कोरोनाबाट बच्नको लागि मात्र उत्तम हो ।
कोरोनाको किन औषधि छैन ?
हो अहिलेसम्म कोरोना मार्ने औषधि पाउँन सकिएको छैन्, त्यस्को कारण हो । यस भाइरसलाई कुनै जिवाणुनासक औषधिले काम गर्दैन । भाइरस, जीवाणु (बेक्टेरिया) जस्तो जीवित जीव होइन । एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर सही तरिकाले अपनाएमा यसको संरचनालाई छिटो छिटो विघटन गर्न सकिन्छ ।
कोरोना लाग्दैमा मान्छे मर्ने हो र ?
कोरोना भाइरसको खोप छैन । कुनै पनि एन्टिभाइरल औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको छैन । यसको कुनै उपचार छैन तर यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन । यो भाइरस धेरै कमजोर भाइसर हो । यसलाई मार्न सकिदैन् तर यो आफै ढिलो चाडो नष्ट (क्षय) हुन्छ । वोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । यसलाई २० सेकेन्ड भन्दा बढी समय लगाएर साबुन पानिले हात धोएमा आफै मर्छ । मधुमेह, किड्नी फेलेएर, मुटु रोग, एचआईभी, क्यान्सर, अर्थात रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका ब्याक्तिलाई भने मृत्युको मुखमा पु¥याउँछ । यो रोग लाग्दैमा प्रतिरक्षात्मक प्रणाली भएका बिरामीको मृत्यु हुँदैन । यसले उत्पादनशील खोकी (जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस (खोकीसँगै रगत देखिने) र झाडापखालालाई प्रोत्साहन गर्छ । त्यस्तै यस्ले मानब शरीरलाई निमोनिया, सेप्टिक सक, किड्नी फेल्लियर, कार्डियक इन्जुरी तीर धकेल्दै उपचार शुन्यको अवस्थामा पु¥याउँछ र मानिसको मृत्यु पनि गराउँछ ।
के साबुनपानीले कोरोनालाई मार्छ ?
हो सावुन पानिले कोरोना कोभिड–१९ लाई बिच्देछ (मार्छ) गराउँछ । त्यसकारण कारोना विरुद्ध नयाँ तथ्य नहुँन्जेल साबुन पानि नै उत्तम उपचार मानिन्छ । त्यही भएर २० सेकेन्ड भन्दा बढी समय लगाएर हात धुनु भनिएको हो । यो भनेको हामीले दशै.मा खसीको माशु खाएर जसरी सावुन पानीले हात धुदा बासो हालबाट पखालिन्छ त्यसरी नै कोरोना कोभिड–१९ पनि पखालिन्छ । साबुन पानिले कोरोना कोभिड–१९ लाई क्षय गरेर नष्ट गर्छ ।
तातोपानिले हात धुनु राम्रो हो ?
तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ । जो अझ उपयोगी हुन्छ, त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन । एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै विघटन गर्दछ । साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ ।
विकल्प के ?
तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडिहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ । कोरोना भाइरसवाट वच्ने यो नै सवैभन्दा उत्तम भनाई र गराई हो । बाहिरबाट आउँनु भयो भने घरमा पस्नु अगाडि लगाएको लुगा खोलेर नुहाउँनु होस् । आफूले लगाएको लुगा धुनहोस् । १५ मिनेटको फरकमा चिया कपमा पानि खानुहोस् । यसो गर्दा मुखमा रहेको कोरोना कोभिड–१९ भाइसर शासबाट फेक्सोमा नगएर पेटमा पुग्छ र पेटको एसिडमा आफै मर्छ ।
यदी तपाईलाई कोभिड–१९ लागेमा स्वाथ्यकर्मीको सल्लाह र निगरानीमा रहेर औषधि सेवन गरेमा यो आफै निको हुन्छ । यो भारइसबाट मुक्ति पाउँनुमा तपाईको इच्छाशक्ति नै प्रमुख उपचार विधि हो । (विभिन्न अध्यानमा आधारित भएर लेखिएको भनिएको यो लेख लेखकका निजी बिचार हुन् । सम्पादक)