नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले गरे पदबहाली

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले गरे पदबहाली


चैत २५, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरमा महाप्रसाद अधिकारीले मंगलबार सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दे नेपाल राष्ट्र बैंकमा पदबहाली गरेका छन् । बिहान साढे ११ बजे नवनियुक्त अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ ग्रहण गराएका अधिकारीले आजै वालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा पदबहालीसमेत गरेका हुन् । पदवाहाली समयमा नवनियुक्त गभर्नरलाई स्वागत गर्न डेपुटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित राष्ट्र बैंकका उच्च कर्मचारीको उपस्थित थियो ।


३० वर्ष राष्ट्र बैंकमा कार्य सम्पादन गरिसकेका अधिकारी यस अगाडिका गर्भनर डा चिरञ्जिवी नेपालको पालमा पनि गर्भनर हुने लाईनमा सिफारिसमा परेका थिए । तर मन्त्रीपरिषद बैंठकले चिरञ्जिबी नेपाललाई गर्भनर बनाएको थियो । डेपुटी गर्भनरबाट अवकास पाएका उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए । उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेका छन् ।


राष्ट्र बैंकमा गत चैत ५ गतेदेखि गभर्नर पद खाली थियो । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित गर्भनर सिफारिस समितिले अधिकारीसहित बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव राजन खनालको नाम सिफारिस गरेको थियो ।

गत चैत १८ गते अर्थमन्त्री खतिवडाको समितिमा पूर्वगभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो । त्यही समितिको सिफारिसमा मन्त्रीपरिषदले उनलाई गर्भनर नियुत्त गरेको हो ।