कोरोनाका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित

कोरोनाका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित

चैत २५, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।


कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।