वैशाख १५ सम्म ‘लकडाउन’ जारी राख्ने निर्णय, ‘थप कडाइ गरिने’

वैशाख १५ सम्म ‘लकडाउन’ जारी राख्ने निर्णय, ‘थप कडाइ गरिने’

काठमाडौं, २ बैशाख ।
सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।


कोरोनाका कारण चैत ११ बाट जारी लकडाउन बुधबार सकिँन लाग्दा सरकराले थप लम्बाएको छ । कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन् । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ । सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गरेको सरकारका प्रबत्ता डा युवराज खतिवडाले बताए ।


नेपालसँग सीमा जोडिएको भारतमा समेत वैशाख २१ सम्म लकडाउन थपिएकाले यहाँ पनि लम्ब्याउनुको विकल्प छैन । देशभित्र कोरोना संक्रमितको संख्या थपिदै गएकाले परीक्षणको दायरा समेत अझ बढाउदै लैजानुपर्ने भएकोले लकडाउन लम्वाईएको खतिवाडाको भनाई छ ।
सोमबार मात्रै काठमाडौं, कैलाली र रौतहटमा संक्रमित भेटिएकमा छन् । सोमबार काठमाडौको सनसिटीमा भएका तीन मध्ये दुईको संक्रमण पुष्टी भैसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ५ जना उपचाररत छन् । एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।