अमेरिकी राष्ट्रपतिद्धारा राज्यमा लगाइएका प्रतिबन्ध आउँदा महिनामा हटाउन गभर्नरलाई निर्देशन

अमेरिकी राष्ट्रपतिद्धारा राज्यमा लगाइएका प्रतिबन्ध आउँदा महिनामा हटाउन गभर्नरलाई निर्देशन


बैशाख ५, एजेन्सी –
कोभिड–१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्ध आउँदा महिनामा हटाउने विषयमा गभर्नरलाई निर्देशन दिएको वीवीसीले उल्लेख गरेको छ ।
उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए । ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ–आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन् । यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्यो भन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका छन् ।
ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए । उनले भने, “अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन् ।“साथै उनले भनेका छन्“देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन ।“
उनले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य “शारीरिक र मानसिक“ समस्यामा “तीब्र वृद्धि“ हुने चेतावनी दिको वीवीले उल्लेख गरेको छ ।