जनकपुरको बाटोमा पैसा फाल्ने महिलामा कोरोना भाइरस पोजेटिभ भेटियो

बैशाख ६, काठमाडौं ।
कोरोना भाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुईजना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । यो सँगै उनीहरुले आफूलाई कोरोना लागेको र सो रोग अरुलाई पनि सार्ने मनसायले पैसा फालिएको खुल्दै गएको छ ।


सिसिटीभी फुटेजको अनुसन्धान पछि दुबैको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ गरेर अनुसन्धान गर्दा रिपोट पोजेटिभ देखिएको हो ।


उनी दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले बताए जनले अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको बताएका छन् ।


शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो । नातामा नन्द र भाउजु पर्ने उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बासिन्दा रहेको र केही समय अगाडि भारत पुगेर फर्किको समेत खुल्न आएको छ ।