बागलुङकी ६५ वर्षीय वृद्धाको अन्तिम रिपोर्ट पनि नेगेटिभ,आइतबार घर फर्काइने तयारी हुँदै
बैशाख ६, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ पाइएपछि घर फर्काउने तयारी भएको छ ।
बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई घर फर्काउन लागिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए । चैत १९ गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिने अन्तिम तयारी गरिएको हो । उनलाई डिस्चार्जपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ ।
संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने छ ।