काठमाडौंबाट सिन्धुपाल्चोक गएका एक युवकमा आरडिटी पोजेटिभ

बैशाख ८, चौतारा
सिन्धुपाल्चोकमा पनि एक जनामा आरडिटी पोजेटिभ भएको पाइएको छ । जुगल गााउँपालिका ७ का ३२ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ती व्यक्तिको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाउने तयारी गरिएको छ ।
काठमाडौंबाट घर फर्केका ३९ जनाको परीक्षण गरिएकोमा एउटा रिपोर्ट पोजेटिभ पाइएको हो । भोटेकोसी गाउँपालिकाको सामग्री बोकेको गाडीमार्फत उनीहरु भक्तपुरबाट घर (जुगल) फर्किएका हुन् ।