सन्दीप लामिछानको क्रिकेटमा नयाँ रेकर्ड
१६ कार्तिक, काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यतिखेर विश्वमा चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् सन्दीप । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि शीर्ष स्थानमा छन् । यि दुबै खेलाडीले सबैभन्दा धेरै ८ देशमा खेलेर नयाँ रेकर्ड बनाएका हुन् ।
इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।