अमेरिकामा रहेर कोरोनाबारे आतंक फैलाउने युवालाई नेपाल जहिले आएनी कारबाही गर्ने
१० चैत, काठमाडौं ।
अमेरिकामा रहेर कोरोना भाइरसबारे जथाभावी भिडियो बनाउँदै आतंक श्रृजना गर्ने युवालाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर कारबाही गर्ने सरकारले बताएको छ । ति युवाको नाम नयनराज पाण्डे रहेको बताइएको छ ।
मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले अफवाह फैलाएर आतंक श्रृजना गर्ने उनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।
पाण्डेले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको भ्रामक भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।