बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’

बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’

०१ बैशाख, काठमाण्डौ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा फिर्ता भएका छन् ।

करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए । उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।

प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन् । जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनेछन्।