अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २६ हजार नाघ्यो
०३ चैत, काठमाण्डौ ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमणले पछिल्लो समय सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । अमेरिकामा पछिल्ला केहि दिनदेखि तिब्र गतिमा बढ्दै गएपनि केहिदिन घटेको मृतकको संख्या पछिल्लो २४ घण्टाको अपडेटमा बढेको देखिएको छ । कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ ।
अमेरिकामा कुल ६ लाख १३ हजार ८ सय ८६ संक्रमित भइसकेका छन् । मृतकको संख्या २६ हजार ४७ पुगेको छ । संक्रमण र मृत्युको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी हो ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ३८ हजार ६७५ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १३ हजार ४४३ जनाको आइसीयुमा उपचार भइरहेको छ ।