लकडाउनका बिषयमा मतभेद हुँदा ब्राजिलका स्वास्थ्य मन्त्री बर्खास्त

लकडाउनका बिषयमा मतभेद हुँदा ब्राजिलका स्वास्थ्य मन्त्री बर्खास्त

बैशाख ५, एजेन्सी ।
ब्राजिलमा लकडाउन लम्बाउँने कि हटाउँने भन्ने बिषयमा मतभेद हुँदा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य मन्त्री लुइज ह्यानरिक मनडेटालाई बर्खास्त गरेका छन् ।


कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयमा मतभेद भएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्री मनडेटालाई नै बर्खास्त गरेको अन्र्तराष्ट्रिय वीवीसीले जनाएको छ ।


स्वास्थ्य मन्त्री मनडेटा लकडाउन अझै कायम राख्नुपर्ने पक्षमा थिए, तर लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै राष्ट्रपति बोलसोनारोले बिना कुनै डर मानिसलाई काममा फर्कनुपर्नेमा जोड दिँदै स्वास्थ्य मन्त्रीको कदम अर्थतन्त्रका लागि घातक भएको भन्दै मन्त्रीलाई बर्खास्त गरेका हुन् ।


सर्वसाधारणले भने राष्ट्रपतिको कदम घातक भएको भन्दै वार्दलीमा आएर भाँडा बजाएर राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् । ब्राजिलमा अहिलेसम्म ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएको तथा १९ सयभन्दा धेरैको ज्यान गए संचारमाध्यमले जनाएका छन् ।