तेस्रो डायलसिस सकेर फर्किए प्रधानमन्त्री बैंठक पनि शुरु
१७ कार्तिक २०७६, काठमाडौँ–
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । आइतबार १२ बजेपछि बैठक सुरु भएको हो । मिर्गाैलामा समस्या आएपछि लगातार उपचारमा रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार आएपछि आज निवासमै मन्त्रिपरिषद बैठक बाेलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको’ जानकारी दिए ।