विप्लवका कार्यकर्ता काठमाण्डौबाट पक्राउ
२४ कात्तिक २०७६, काठमाडौं । नेपालको कालापानी र लिपुलेक लगायतको भाग नेपालमा नपर्ने गरी भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछी चौतफ्र्mि विरोध भइरहेको छ । सोही विरोधका क्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले पनि राजधानीमा आज प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरूले सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका छन् । बिरोध प्रदर्शनमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
भारतीय रवैयाको विरोधमा उनीहरूले ‘गो ब्याक इण्डिया’को नारा पनि लगाएका छन् । उनिहरुले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ देखि नेपाल सरकारद्धारा प्रतिवन्ध लगाइएकोे र त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।