नयाँ नक्सा जारि गर्न सरकारलाई निर्देशन

नयाँ नक्सा जारि गर्न सरकारलाई निर्देशन

भारतीय पक्षले नया नक्सा सार्वजनिक गरेपछिको विभाद हल गर्नको लागि संसदीय समितिले सरकारलाई नेपालको पनि नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो । त्यस्तै समितिले समितिले कूटनीतिक पहलबाट समस्याको समाधान निकाल्न र त्यसबाट समस्या समाधान नभए विषयलाई अन्तर्राराष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समिति बैठकले नेपालको समितिले कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग पनि समावेश गरेकोमा देश भर विरोध भैरहेको छ ।