अनिश्चितकालका लागि राष्ट्रिय सभाकाे बैठक स्थगित
- वाणिज्य न्युज
- ७ चैत्र २०७६
चैत ०७, काठमाडौं ।
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ। शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । काेराेना भाइरसका कारण बैठक स्थगित भएकाे हाे।
शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको हो ।
सरकारले बुधबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन निषेध गरेको थियाे।
प्रतिकृया दिनुहोस्