January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

९ चैत काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन् । यस अगाडि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो।

Advertisement

सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।  उक्त समितिले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ। 

आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोनासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बालुवाटारस्रोतले जनाएको छ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।