January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सरकारी कार्यालय बन्द गर्ने तयारीमा सरकार

१० चैत,काठमाडौं ।
सरकारले कोभिड १९ बाट संक्रमण हुनबाट जोगिन अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । कार्यालय खुलेपछि सेवाग्राही पनि सेवा लिन कार्यालय पुग्ने भएकाले सो निर्णय हुने भएको हो ।

अहिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी गरेको छ । सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।

Advertisement